तीनजनाको उम्मेदवारी रद्द

१५ जेष्ठ २०७१, बिहीबार १८:१२ मा प्रकाशित

धनगढी, १५ जेठ । आगामी असार ८ गते हुने संविधानसभाको उपनिर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिएका तीनजनाको उम्मेदवारी रद्द भएको छ ।
उम्मेदवारी रद्द हुनेमा नेपाल सदभावना पार्टीका निर्मला रिजाल, स्वतन्त्र उम्मेदवार नरेन्द्रसिं देउवा र नेपाल आमा पार्टीका गोरखबहादुर रावत रहेका छन् ।
निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश यज्ञराज भट्टले तीनजनाको नाम यसअघि भएको चुनावमा समानुपातिक उम्मेदवारको बन्द सूचीमा समावेश भएको पाइएकाले उम्मेदवारी रद्द भएको बताए ।
समानुपातिक उम्मेदवारको बन्द सूचीमा नाम समावेश भएकाले प्रत्यक्ष निर्वाचनमा उम्मेदवार हुन नपाइने संविधानसभा निर्वाचन ऐनमा व्यवस्था गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।