जातीय पहिचान सहितको संघियताबाट पछि नहट्ने प्रचण्डको स्पष्टोक्ति

३१ बैशाख २०६९, आईतवार १२:२२ मा प्रकाशित

काठमाडौ, ३१ बैशाख । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकात्मक सोच भएकाहरुले जात जातिबीच भीडन्त गराएर संघीयताको समग्र प्रक्रिया भाँड्न खोजेको आरोप लगाएका छन् । आदिवासी जनजाति महासंघका प्रतिनिधिहरुसँग आइतबार बिहान आफनै निवास लाजिम्पाटमा भएको भेटमा दाहालले जात जातिलाई एक आपसमा भीडाएर पुरानै शासन प्रणाली लाद्ने षड्यन्त्र भइरहेको दावी पनि गरे ।

संघीयताविरोधी शक्तिहरुको जीत नहुने ठोकुवा गर्दै दाहालले सामाजिक सद्भाव रहनेगरी शान्तिपूर्ण दबाब दिन जनजाति महासंघ पदाधिकारीहरुलाई आग्रह पनि गरे ।

आदीबासीहरुको आशंका अन्त्यको प्रयास गर्दै दाहालले आफ्नो दल जातीय पहिचानसहितको संघीयताबाट पछाडि नहटेको स्पष्ट पारे ।

आफूहरु जातीय पहिचानसहितको संघीयताबाट पछि हटेको भन्ने आरोप गलत प्रचारमात्र भएको उनको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले