सुदूरपश्चिमको जनजिवन आज १७ औ झनझन असहज बन्दै

३१ बैशाख २०६९, आईतवार १२:०५ मा प्रकाशित

कन्चनपुर, ३१ बैशाख । राज्य पुनर्संरचना गर्दा सुदुरपश्चिमको मौजुदा संरचना यथावत राखिनुपर्ने माग गर्दै सुरु भएको आन्दोलनको १७ औं दिन आज पनि सुदुरपश्चिमको जनजीवन सहज हुन सकेको छैन् । कञ्चनपुर र कैलालीसँगै पहाडी भेगका जिल्लाहरु पनि बन्दका कारण प्रभावित भएका छन् । डडेल्धुरा, डोटी बाहेकका पहाडी जिल्लामा बजार खुल्ला भए पनि यातायात सञ्चालन नहुँदा जनजीवन कष्टकर बनेको छ । कञ्चनपुर र कैलालीमा यातायातका साधनहरु सञ्चालन नभएपछि पहाडी जिल्ला बैतडी र दार्चुला तथा धनगढी, नेपालगञ्ज जानेहरु भारतीय भूभाग भएर गन्तव्यमा जान बाध्य छन् । राति प्रहरीको सुरक्षामा सञ्चालन गरिने सवारी साधन पनि पटकपटक आन्दोलनकारीहरुले तोडफोड गर्न थालेपछि यातायात सेवा पूर्णरुपले ठप्प भएपछि यात्रुहरुको बिचल्ली भएको छ । बन्दकै कारण कञ्चनपुर, कैलाली तथा पहाडी जिल्लामा डिजल, मट्टीतेल, पेट्रोल, खाद्यान्नसँगै औषधीको पनि अभाव देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ