व्यवसायीको हत्या गर्ने तीनजनालाई सर्वस्वसहित जन्मकैद

१४ जेष्ठ २०७१, बुधबार १७:२७ मा प्रकाशित

सोलुखुम्बु, १४ जेठ । गतवर्ष माघ १० गते चौँरीखर्क, फाक्दिङका होटल व्यवसायी ग्याल्जेन नुरु शेर्पालाई गोली हानी हत्या गर्ने तीन जनालाई आज अदालतले सर्वस्वसहित जन्मकैदको सजाय तोकेको छ ।
जिल्ला अदालत सोलुखुम्बुका न्यायाधीश दीपककुमार खरेलको इजलासले हत्यामा संलग्न तीन जना अनिल राई, शरणकुमार राई र निमा देण्डीलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो ।
उनीहरूलाई प्रहरीले गत माघ २२ गते विभिन्न स्थानबाट पक्राउ गरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा राखेको थियो ।
यस्तै उनीहरूलाई अपहरण तथा शरीर बन्धक उद्योगसम्बन्धी मुद्दामा थप सजाय पनि सुनाइएको छ । व्यवसायीको हत्या गरेपछि आफन्तलाई फोनमार्फत धम्की दिँदै उनीहरूले रकम माग गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा