सहमति जुटन नसकेपछि संविधानसभा बैठक आज पनि स्थगित

३१ बैशाख २०६९, आईतवार ०८:५९ मा प्रकाशित

काठमाडौ, ३१ बैशाख । संविधानसभामा हुने मतदानका प्रश्नावलीमा सहमति नजुटेपछि विशेष कारण भन्दै संविधानसभाको आजको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको छ । सङ्घीय प्रणाली, शासकीय स्वरूप, निर्वाचन प्रणाली, न्याय प्रणालीलगायत ११७ वटा बुँदामा सहमति नजुट्दा र राष्ट्रिय सहमतिको सरकार गठन गर्ने भन्ने दलहरूबीचको पाँचबुँदे सहमतिको कार्यान्वयनले पूर्णता पाउन नसक्दा संविधानसभा बैठक प्रभावित हुँदै आएको छ । राजनीतिक दलहरूबीच कुरा मिल्न नसक्दा यही वैशाख ११, १४, १७, १९, २१, २२, २६, २७ र २८ गते पनि सूचना टाँस गरेर संविधानसभाको बैठक स्थगन गरिएको थियो । संसद् सचिवालयका अनुसार संविधानसभाको १२३ औँ बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौँ। पूर्व रानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको