सहमतिको प्रयासलाई दलहरुले आज पनि जारी राख्ने

३१ बैशाख २०६९, आईतवार ०८:५७ मा प्रकाशित

काठमाडौ, ३१ बैशाख । प्रमुख राजनीतिक दल एमाओवादी, नेपाली काङ्ग्रेस, एमाले र मधेसी मोर्चाले संविधानका विवादित विषयमा सहमतिको प्रयासलाई आज पनि जारी राख्ने भएका छन् । आज पनि दलहरुले आन्तरिक र दुईपक्षीय परामर्श गर्ने भएका छन् । दलहरुकाबीच विशेष गरेर राज्य पुनर्संरचना र शासकीय स्वरुपको बारेमा कुरा मिल्न सकेको छैन । हिजो बसेको मोर्चासहित प्रमुख तीन दलको बैठकमा ११ प्रदेशको बारेमा छलफल भए पनि सीमाङ्कन तथा नामाङ्कनको बारेमा कुरा मिल्न सकेको थिएन । माओवादीले जातीय राज्यको अडान नछोडेका कारण दलहरुबीच कुरा मिल्न समस्या भएको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । दलहरुले सहमति जुट्न नसके प्रक्रियामा लगेर संविधानसभा मार्फत मतदानबाट विवादित विषय टुङग्याउने छन् । मतदान प्रक्रिया सुरु भए पनि राज्यपुनर्संरचनाको बारेमा सहमतिका लागि प्रयास भइरहने एमाले नेता ज्ञवालीको भनाइछ । नयाँ संविधान जारी गर्ने समय निजिकिदै गर्दा पनि दलहरुले विवादित विषयमा सहमति जुटाउन सकेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । गत शुक्रबारबाट सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वलीको अदृष्य स्थानबाटै प्रेस विज्ञप्ति बाहिर आएको छ ।

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको आरोप