पर्यटक मजदुरहरु आन्दोलित

१३ जेष्ठ २०७१, मंगलवार १७:२९ मा प्रकाशित

काठमाडौ, १३ जेठ । विदेसी पर्यटकबाट पर्यटन मजदुरहरुका नाममा उठाइएको तेत्तिस प्रतिसत रकम नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्टस् एशोशिएसन अफ नेपाल (टान) ले मनपरी गरेको भन्दै पर्यटन क्षेत्रका मजदुरहरु आन्दोलनमा उत्रेका छन् ।
अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर संघले आज राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलनलाई अगाडि बढाएको बताएको हो । संघका अध्यक्ष रामबहादुर बस्नेतले भनेका छन्, ‘हामीले एक दशकदेखिको समस्याको हल खोजिरहेका छौ ।’
बस्नेतले २०६६ सालमा सरकार, टान र पर्यटन बोर्डसँग पर्यटन मजदुर प्रतिनिधिबीच भएको सहमति कार्यान्वयन गर्न आन्दोलनको घोषणा गर्नु परेको बताए । उनले भने, ‘वास्तवमा पर्यटन मजदुरहरुको समस्या नबुझ्ने तर आफ्नो स्वार्थमा पर्यटन उद्योग ध्वस्त पार्ने काम ठुलाबडाहरुले गरिरहेका छन् ।’
संगठनका महासचिव तामाङले पत्रकारहरको जिज्ञासामा भने, ‘हामी दैनिक ५ सय रुपियाँ पाउँछौ, तर हाम्रो नाममा प्राप्त हुने रकम अरुले मस्ती गर्ने भएकाले यस क्षेत्रका मजदुरले ६० वर्षपछि काम गर्न नसक्ने भएकाले त्यस्ता मजदुरका लागि यो आन्दोलन गर्न बाध्य भएका छौ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । नेपाल आयल निगमले हिजो सोमबारदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका

सरकारको स्वामित्वमा सञ्चालित हेटौडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घ्यू जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ । आयोजनाका प्रमुख