प्रश्नावलीको टुङ्गो लगाउन उपसमिति र संवैधानिक समितिको बैठक जारी

३१ बैशाख २०६९, आईतवार ०८:५७ मा प्रकाशित

काठमाडौ, ३१ बैशाख । संविधानसभाको बैठकमा पठाइने प्रश्नावलीको बारेमा छलफल गर्न विवाद समाधान उपसमितिको बैठक अहिले बसिरहेको छ । विज्ञ तथा सरोकारवाला निकायका प्रतिनिधिसँगको छलफलमा तयार पारिएका भावी संविधानका विवादित विषयका प्रश्नावलीलाई अन्तिम रुप दिन सिंहदरवारमा उपसमितिको बैठक अहिले बसिरहेको छ । उपसमिति सदस्य लक्ष्मणलाल कर्णले तयार पारिएका ३० ओटा प्रश्नावलीको बारेमा अन्तिम छलफल भइरहेको जानकारी दिनुभयो । दलहरुबीच राज्यपुनर्संरचना, शासकीय स्वरुप लगायतका १ सय १७ विषयमा विवाद कायम रहे पनि हिजोको उपसमितिको बैठकले संविधानसभामा राज्यपुनर्संरचना बाहेकका ३० ओटा विवादित विषयको प्रश्नावली तयार पार्ने र संविधानसभामा पठाउने निर्णय गरेको थियो । उपसमितिको बैठक सकिए लगत्तै सिंहदरवारमै संवैधानिक समितिको बैठक बस्ने उपसमिति सदस्य कर्णले बताउनुभयो । संवैधानिक समितिको बैठकले प्रश्नावलीलाई सदर गरेपछि दिउँसो बस्ने संविधानसभाको बैठकमा पेस गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार