रोलबल प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडी प्रस्थान

३० बैशाख २०६९, शनिबार १८:०२ मा प्रकाशित

काठमाडौ, ३० बैशाख । भारतको बेलगाउँ र गोवामा सञ्चालन हुने सोह्र वर्ष मुनिको यु–१६ अन्तर्राष्ट्रिय पुरुष तथा महिला रोलबल प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडी टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । प्रतियोगितामा महिलातर्फ १५ तथा पुरुषमा १० खेलाडी रहेका छन् । महिला खेलाडीहरूमा सुमी श्रेष्ठ (कप्तान), आकृति अधिकारी, नम्रता गोतामे, शीला कुँवर, स्वेता कुँवर, मनिषा थापा, शीतल सुवेदी, आश्मिन लेखक, दीक्षा रेग्मी, सुजाता खकुरेल, लगायतका छन् । त्यसैगरी पुरुष खेलाडीहरूमा मनोज बज्राचार्य (कप्तान), सतिश श्रेष्ठ, सुमन ओली, विशाल साप्कोटा, आश्विन ओझा, समिप गुरुङ, जुनिर ढकाल, प्रजुन श्रेष्ठ, सागर लामा तथा अभिषेक मानन्धर रहेका छन् । प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र माल्दिभ्स गरी चार राष्ट्रको सहभागिता रहने नेपाल रोलबल सङ्घका अध्यक्ष वीरकृष्ण महर्जनले जानकारी दिनुभयो । नेपालले यसअघि हङकङमा भएको प्रथम एसियाली रोलबल च्याम्पियनसिप तथा भारतमा भएको प्रथम रोलबल विश्व च्याम्पियनसिपमा भाग लिएको थियो । दुवै प्रतियोगितामा नेपाल चौथो भएको थियो । यो खेल स्कटिङको सहयोगले बल भूइँमा उफारेर खेल्ने गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिनुभएको छ । खड्काले आज सामाजिक सञ्जालमा लेख्दै अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिएको

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता कात्तिक २९ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल

अष्ट्रेलियाकी ओलम्पिक कास्य र रजत पदक विजेता जेसी फक्स टोकियो आलम्पिक्स २०२० मा पनि कास्य पदक जितिसकेकी छन् । तर,

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै