एकैसाथ दुई लघु जलविद्युत निर्माण हुनेभएपछि उपभोत्ता खुसी

३० बैशाख २०६९, शनिबार १८:०० मा प्रकाशित

उदयपुर, ३० बैशाख । उदयपुरको पहाडी गाविस नामेटारमा एकैसाथ दुई लघु जलविद्युत निर्माण हुने भएपछि त्यहाँका उपभोत्ता हर्सित भएका छन् । नामेटारको ठाडो खोला लघु जलविद्युत परियोजना र चिपचिपे खोला लघु जलविद्युत परियोजना निर्माण हुन लागेपछि उपभोत्ता हर्सित भएका छन् । दुई परियोजना निर्माण हुदाँ आठ किलोवाट विद्युत उत्पादन हुने जनाईएको छ । ठाडो खोला लघु जलविद्युत परीयोजना गरिबी निबारण कोषबाट करिव, वैकल्पिक उर्जा केन्द्र र समुदायको जनश्रमदान गरि करीव २२ लाखको लागतमा निर्माण हुन लागेको हो ।  भने यसैगरी चिपचिपे खोला लघु जलविद्युत परियोजना करीव १३ लाख २०  हजारको लागतमा संचालन हुन लागेको हो । निर्माणको पुर्व सन्ध्यामा नामेटार गाविस ३ भालेवास र ४ हात्तिखर्कमा ३ दिने निर्माणपूर्व तयारी तालिम दिईएको जनाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड