परालको अभावका कारण पशु व्यावसाय संकटमा

३० बैशाख २०६९, शनिबार १८:०० मा प्रकाशित

रौतहट, ३० बैशाख । गाईभैसीलाई खुवाउने परालको अभाव भएपनि व्यावसायिक रुपमा पशुपालन गर्दै आएका रौतहटका  अधिका“श किसानहरु सङ्कटमा परेका छन् । रौतहटको चन्द्रनिगाहपुरका किसानहरुले व्यावसायिक रुपमा पशुपालन गर्दै आएपनि गाईबस्तुलाई खुवाउने घास नहुदा सदावहार घासको रुपमा रहेको परालको समेत अभाव भएपछि पशुपालनमा समस्या हुन थालेको हो । असारमा रोपिएको धान मङ्सिरमा कटान गरी धान झारेपनि आउने घासलाइ पराल भनिन्छ । जिल्लाको उतरी  भेगका किसानहरूले पशुपालेर त्यसको दूध बिक्री गरी जीवन निर्वाह गर्दै आएपनि पशुपालन तर्फ किसानहरु आकर्षित भएपनि पशुहरुलाई खुवाउने घासको समस्याले किसानहरु चिन्तित भएको किसान हर्क बहादुर कार्कीले बताउनुभयो । रौतहटकाको उतरी भेगका जनताले पशुपालन गर्दा जिल्लाको ग्रमिणभेगका विश्रामपुर, हर्षाहा, वालचपुर लगायतका स्थानमा परालमा निर्भर रहनु पर्छ । वर्षमा चार महिना अर्थात असार, साउन, भदौ र असोजमा किसानले मकैबारीबाट घा“स, परालको खोस्टा, हरियो मकैको सुकेको ढोड खुवाउ“दै पशुपालन गर्दे आएका छन् । हि“उद लागेपछि खेतबारीमा घा“सको उत्पादन घट्ने भएकाले अधिका“श किसानले पराल खरिद गरी पशुपालन गर्दे आएपनि अहिले परालको अभाव हुदा पशुपालन व्यवसाय नै  सकटमा पर्ने थालेको स्थानिय मिन प्रसाद मैनालीले वताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको