पार्टीको समस्या हल गर्न कार्ययोजना ल्याउने प्रचण्डको भनाइ

३० बैशाख २०६९, शनिबार १७:५९ मा प्रकाशित

काठमाडौ, ३० बैशाख । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई मधेसमा देखिएको पार्टीको समस्या हल गर्न पार्टीले केही दिनभित्रैमा कार्ययोजना ल्याउने बताउनुभएको छ । आज आफ्नै निवासमा भोजपुरा राज्य समितिअन्तर्गतका नेता तथा कार्यकर्ताहरूसँगको भेटमा अध्यक्ष दाहालले पार्टीले तराईमा देखिएको समस्या हल गर्ने विषयमा वैज्ञानिक उपायहरूको खोज गर्ने र त्यसलाई पार्टी पदाधिकारीको बैठक बसी समाधान गर्ने बताउनुभएको एमाओवादीका सल्लाहकार जालिम मियाँले जानकारी दिनुभयो । भोजपुरा राज्य समितिअन्तर्गतका नेता तथा कार्यकर्ताहरूले तराई मधेसमा पार्टी शुद्धीकरणको कार्ययोजना ल्याउन, पार्टीलाई जनताको दैनिक जीवनसँग जोड्न र जनपक्षीयरूपमा स्थानीयस्तरका कार्यक्रमहरू ल्याउनका लागि आग्रह गरेको सल्लाहकार मियाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली

काठमाडौं । नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । दुई सातादेखि काठमाडौंको