सुदूरपश्चिम नागरिक आन्दोलन समिति र सरकारबीचको वार्ता निष्कर्ष विहिन

३० बैशाख २०६९, शनिबार १७:५१ मा प्रकाशित

काठमाडौ, ३० बैशाख । अखण्ड सुदूरपश्चिम नागरिक आन्दोलन समिति र सरकारबीचको वार्ता निष्कर्षविहिन भएको छ । शान्ति मन्त्रालयमा आज भएको वार्ता विषय प्रवेश नभई स्थगित भएको वार्ता टोली सदस्य नैनसिंह महरले सीआईएनलाई जानकारी दिनुभयो । सरकारसँगको वार्तामा दुवैपक्षबीच कुरा सुन्ने काममात्र भएको महरले बताउनुभयो । सरकारी वार्ता टोलीले अखण्ड सुदूरपश्चिमको आन्दोलनको मागबारे शीर्षनेताहरुसँग छलफल गर्ने बताएपछि ठोस सहमतिको प्रयास नै नभएको महरको भनाइ छ । आन्दोलनकारीले आफ्ना माग बारेको ज्ञापन पत्र सरकारी वार्ता टोलीलाई बुझाएका छन् । वार्ताका लागि नागरिक आन्दोलन समिति धनगढीका सह–संयोजक हेमन्त रेग्मीसहितको ३६ सदस्यीय टोली काठमाडौं आएको छ । उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला संयोजकत्वको सरकारी वार्ता टोलीमा बिना विभागीय मन्त्री वर्षमान पुन र सिँचाइ मन्त्री महेन्द्र यादव सदस्य हुनुहन्छ । भोलि फेरि वार्ता हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै

कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर