काङ्ग्रेसद्वारा जनजाति सभासदसँग छलफल, दलित सभासदद्धारा पनि छलफल

३० बैशाख २०६९, शनिबार १७:४७ मा प्रकाशित

काठमाडौ, ३० बैशाख । राज्य पुनःसंरचनाका सम्बन्धमा उठेको विवादलाई लिएर नेपाली काङ्ग्रेसले आज आदिवासी जनजाति सभासद्हरूसँग छलफल गरेको छ । संसदीय दलको कार्यालय सिंहदरवारमा भएको छलफलमा राज्य पुनःसंरचना गर्दा प्रदेशको नामकरण जातीय पहिचानलाई आधार बनाएर राख्नुपर्ने भनी विभिन्न दलका सभासद्हरू एक भएको भन्ने सन्दर्भ र पार्टीको धारणाको बारेमा कुराकानी भएको थियो । नेपाली काङ्ग्रैसका पार्टी पदाधिकारीहरू समेतको उपस्थितिमा भएको छलफलमा नेताहरुले आदिवासी, जनजाति, दलित, पिछडिएका वर्ग सबैको हितका लागि पार्टी प्रतिबद्व रहेको बताउनु भएको संसदीय दलका प्रवक्ता नवीन्द्रराज जोशीले बताउनुभयो ।
यसैवीच नयाँ संविधानमा दलित समुदायको अधिकार सुनिश्चित गर्ने बारेमा विभिन्न पार्टीमा आवद्ध सभासद् एवम् पार्टीका केन्द्रीय सदस्यहरूको बैठक आज बसेको छ । नेपाली काङ्ग्रेस  संसदीय दलको कार्यालयमा भएको बैठकमा दलित सभासद् मञ्च, संयुक्त राजनीतिक सङ्घर्ष दलित सङ्घर्ष समितिलगायत पार्टीका सभासद् एवम् केन्द्रीय नेताको सहभागिता थियो । बैठकमा सुरक्षित दलित निर्वाचन क्षेत्रसहित राज्यका हरेक निकायमा दलित वर्गको समानुपातिक सहभागिताका बारेमा छलफल भएको काङ्ग्रेसका केन्द्रीय सदस्य जीवन परियारले बताउनुभयो । नेपाल दलित सङ्घका अध्यक्ष खड्गबहादुर बस्याल, काङ्ग्रेसका मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, जीवन परियार, नेकपा माओवादीका खड्गबहादुर विश्वकर्मा, नेकपा एमालेका छवीलाल विश्वकर्मा लगायतको बैठकमा सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस