राज्यपुनर्संरचनाको विवाद मिलाउन दलहरु दिन भरी द्धिपक्षीय छलफलमा

३० बैशाख २०६९, शनिबार १७:४५ मा प्रकाशित

काठमाडौ, ३० बैशाख । भावी संविधानका विवादित विषय मध्यको राज्य पुनःसंरचनाको विषयमा सहमतिको प्रयास स्वरुप आज दिनभर दलहरु द्विपक्षीय तथा बहूपक्षीय छलफलमा जुटेका छन् । सोहीक्रममा नेपाली काङ्ग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक अहिले पनि बसिरहेको छ । सिंहदरवारमा जारी काङ्ग्रेस र मोर्चाको बैठकमा राज्यपुनर्संरचनाको बारेमा उत्पन्न विवाद मिालाउने बारेमा छलफल भइरहेको छ । राज्यपुनर्संरचनाको विवाद मिलाउने बारेमा प्रस्ताव गरिएको ११ प्रदेशको खाका र पार्टीको धारणाको बारेमा एमालेले पनि छुट्टै छलफल गरिरहेको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा जारी स्थायी कमिटिको बैठकमा राज्यपुनर्संरचनाको विवादमा पार्टीले अपनाउने लचकताको बारेमा कुराकानी भइरहेको बुझिएको छ । यसअघि आजै नेपाली काङ्ग्रेस र एमालेका शीर्ष नेताहरूबीच पनि छलफल भएको थियो । दुई दलको छलफलपछि एमालेका अध्यक्ष झलनाथ खनालले सहमतिको आधारमा राज्य पुनःसंरचना गर्ने बारेमा कुराकानी भएको बताउनुभयो । उहाँले औपचारिक र अनौपचारिरूपमा छलफल जारी रहने पनि उल्लेख गर्नुभयो ।
काग्रेस र माओवादीका शिर्ष नेताह हरुवीच पनि आजै छलफल भएको छ । छलफलमा काग्रेसले ८ वटा भन्दा बढी प्रदेश मुलुकले धान्न नसक्ने भन्दै आफ्नो अडान राखेको थियो भने माओवादीले भने सबै जातजातीको मागलाई सम्बोधन गर्न सकिने भन्दै १० वट प्रदेशको अडान कायम राखेको थियो । बार्तामा प्रदेशको संख्या सहित नामकारणमा पनि विवाद कायमै रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले

काठमाडौँ । नेपालको संवैधानिक व्यवस्थाअनुसार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन । अहिलेको सरकार नेपालको

काठमाडौं । माधवकुमार नेपाल र झलनाथ खनालसहित नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अश्वीकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदबाट विश्वासको मत प्राप्त भएन । संसदले विश्वासको मत नदिएपछि उनी पदमुक्त भएका छन्