पेरुमा भएको बस दुर्घटनामा १९ को मृत्यु

३० बैशाख २०६९, शनिबार १७:३५ मा प्रकाशित

काठमाडौ, ३० बैशाख । पेरुको अमाजोनियन क्षेत्रमा हिजोराति भएको बस दुर्घटनामा परी सो बसमा रहेका कम्तीमा पनि १९ जना यात्रुको ज्यान गएको समाचार छ । पेरुको चपोयास नगरका नगरप्रमुख जोस सान्तोसका अनुसार सो बस उक्त क्षेत्रको पहाडी राजमार्गबाट करिब १५० मिटर तल खसेको थियो । बस चापोयास नगरबाट रोड्रिगुजतर्फ जाँदै गरेको पनि समाचारमा जनाइएको छ । नगरप्रमुख सान्तोसका अनुसार सो बसमा रहेका ती यात्रुको घटनास्थलमै ज्यान गएको थियो । बसमा रहेका अरुपनि करिब सातजना घाइते भएका छन् । बस पहाडको खोँचमा खसेकोले घाइतेहरुलाई निकै कठिन रुपमा अस्पतालसम्म पु¥याउन सकिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा