अफगान सैनिकद्वारा यसवर्षमात्र बीस विदेशी सैनिकको हत्या

३० बैशाख २०६९, शनिबार १७:३३ मा प्रकाशित

काठमाडौ, ३० बैशाख । यसवर्ष मात्र कम्तीमा पनि बीसजना नेटो सैनिक अफगान सैनिकद्वारा मारिएका छन् । अफगानिस्तानमा कार्यरत रहेका बेला उनीहरुको हत्या भएको हो । हिजोमात्र एक अमेरिकी सैनिक अफगानिस्तानको राष्ट्रिय सैनकिद्वारा मारिएपछि हत्या भएका नेटो सैनिकको सङ्ख्या बीस पुगेको हो । विगत केही समयदेखि यसरी अफगानिस्तानका सैनिकले नै विदेशी सैनिकलाई तारो बनाउने गरेका छन् । उनीहरुले विशेषगरी अमेरिकी सैनिकलाई हत्याको तारो बनाउने गरेका छन् । समाचारमा जनाइएअनुसार अफगानिस्तानमा कार्यरत नेटो सैनिकलाई अफगान सैनिकले नै हत्या गर्ने क्रम रोकिएको छैन । गोली लागि एक सैनिकको ज्यान गएको छ भने अरु दुईजना गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

बग्दाद, एएफपी । इराकको राजधानी बग्दादमा आन्दोलनरत धर्मगुरु मुक्तदा अल–सदरका समर्थकहरूले उच्च सुरक्षा घेरा तोडेर संसद् भवन प्रवेश गरेका छन्

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार

काठमाडौं । तिब्बतका धर्म गुरु दलाई लामालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जन्मदिनको शुभकामना दिएपछि भारतसँग चीन सशङ्कित भएको छ ।

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको