सिन्धुलीमा व्यवसायिक कुरीलो खेतीको सुरुवात

३० बैशाख २०६९, शनिबार १७:३० मा प्रकाशित

सिन्धुली, ३० बैशाख । सिन्धुलीमा जंगली कुरिलोको व्यावसायिक खेती सुरु गरिएको छ । अन्य तरकारी तथा नगदेवाली र खाद्य बालि भन्दा  धेरै आम्दानी  हुने भएपछि सिन्धुलीका कृषकहरु कुुरिलो खेतितर्फ आकर्षित भएका हुन् । जिल्लाको करिब १ सय ६० रोपनी क्षेत्रफल जमिनमा कुरीलो खेती गरिदै आएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । विगत केहि समय अघिदेखि मात्र जिल्लामा कुरिलोको व्यावसायिक खेती हुँदै आएको भए पनि हाल यस तर्फ कृषकहरुको आकर्षण अत्याधिक बढेको छ । सिन्धुलीमा विभिन्न संघ, संस्था, जिल्ला वन कार्यालय, सामुदायिक वन उपभोक्ता समिति, कृषि विकास कार्यालय तथा निजी क्षेत्रको पहलमा कुरीलो खेतीका लागि बिउ—विजनका साथै आर्थिक तथा प्राविधिक सहयोग हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड