थाई नेताहरुलाई देशबाहिर जान रोक

९ जेष्ठ २०७१, शुक्रबार १४:१४ मा प्रकाशित

बैंकक, ९ जेठ । थाइल्यान्डको सैनिक सरकारले त्यहाँका राजनीतिक दलका नेताहरुलाई देशबाहिर जान प्रतिबन्ध लगाइएको छ ।
सैनिक सरकारले शुक्रबार सूचना जारी गरेको छ । सैनिक सरकारले राजनीतिक दलका नेताहरुलाई सरकारको सहमति बिना देशबाहिर जान प्रतिबन्ध लगाएको जनाइएको छ ।
थाइल्यान्डमा बिहीबार अपरान्ह सेनाले सत्ता हत्याएको हो । सैनिक ‘कू’ गरिएको समाचारलगत्तै सेनाले राजधानी बैंकक सैनिक घेराउमा पारेको छ ।
बिहीबार सेनाले औपचारिक रुपमै देशको शासकीय शक्ति आफ्नो हातमा आएको घोषणा गरेको थियो । यससँगै त्यहाँ सैनिक शासन लागू भएको हो ।
थाई सैनिक प्रमुख प्रयुत चान ओचाले देशलाई पुनः शान्तिपूर्ण र पहिलाकै अवस्थामा पु¥याउनका लागि शान्ति समिति गठन गरिएको जानकारी पनि सरकारी टेलिभिजनमार्फत गराए ।
यसबाट हालैमात्र अदालतको आदेशबाट पदमुक्त भएकी पूर्व प्रधानमन्त्री थाकसिन सिनावात्रा पनि देशबाहिर जान नपाउने भएकी छन् ।
एएफपी

प्रतिक्रिया
सम्बन्धित खवर

यंगुन । म्यान्मारमा हिजो बुधवार सैनिक कू विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जनाको मृत्यु भएको छ । घटनालाई संयुक्त राष्ट्रसंघले सेनाले

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

मस्को । संयुक्त राष्ट्रसंघले रुसी बिपक्षी नेता अलेक्सी नाभाल्नीलाई बिष सेवन गराईएको बिषयमा छानविन गर्न माग गरेको छ । संयुक्त

यांगुन । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।