ट्याक्टरसहित लाखौँको छड बरामद

९ जेष्ठ २०७१, शुक्रबार १४:०१ मा प्रकाशित

पर्सा, ९ जेठ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पर्साले गएराति पर्साको महादेवपट्टिबाट भन्सार छली भित्र्याइएको अभियोगमा एक ट्याक्टर फलामे डन्डी (छड) बरामद गरेको छ ।
सशस्त्र प्रहरीको सुवर्णपुर बेस क्याम्पबाट खटेको प्रहरी टोलीले गाविस–३ बाट नम्बर नखुलेको ट्याक्टरमा लोड गरी भित्र्याइएको १० क्विन्टल फलामे डन्डी र ट्याक्टर नियन्त्रणमा लिएको हो ।
भारतबाट अवैध रूपमा छड भित्र्याउन लागिएको पूर्वसूचनाका आधारमा सशस्त्र प्रहरीले कारबाही गर्दा ट्याक्टरमा लोड गरिएको करिब रु पाँच लाख ९७ हजारमूल्य बराबरको १० क्विन्टल छडसहित ट्याक्टर नियन्त्रणमा लिएको सीमा सुरक्षा कार्यालय पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक हर्खबहादुर रावलले जानकारी दिए ।
बरामद गरिएका छड र ट्याक्टरलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको उहाँले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना

काठमाडौं । नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र