थामी समुदायले आब्हान गरेको दोलखा बन्दका कारण जनजिवन प्रभावित

३० बैशाख २०६९, शनिबार १७:२९ मा प्रकाशित

दोलखा, ३० बैशाख । नयाँ वन्ने संबिधानमा थाङ्मी स्वायत्त राज्यको माग गदै सिमान्तकृत थामी समुदायले आह्वान गरेको दोलखा बन्दका कारण जनजिवन प्रभावित भएको छ । बन्दका कारण आज बिहानै देखि दोलखा सदरमुकाम चरिकोट बजार, कलकारखना बन्द छन् भने निजि तथा सार्वजनिक यातायातका साधनहरु चल्न नसक्दा हजारौँ यात्रुहरुमा मारमा परेका छन् । वन्दकर्ताहरुले एम्वुलेन्स र प्रेसका सवारी साधनलाई भने चल्न दिइएको छ । थाङ्मी स्वायत्त राज्य सघंर्ष समितिले दोलखाको भिमेश्वर नगरपालीका सहित उत्तरी १७ गाविस र सिन्धुपाल्चोकको १३ ओटा गाविस समेटेर आत्मनिणयको अधिकार सहितको थाङ्मी स्वायत्त राज्य घोषणा हुनुपर्ने, ऐतिहासिक पहिचानको आधारमा राज्यको पुनःर्संरचना गर्नुपर्ने, उद्यौली÷उभौली भुमे पर्वमा सार्वजनिक विदा गर्नुपर्ने लगाएतका माग गर्दै आज दोलखा वन्दको आव्हान गरिएको समितिले जनाएको छ । बन्द सफल पार्न आन्दोलनरत थामी समुदायका नागरिकहरु सदरमुकाम चरिकोट बजारका बिभिन्न स्थानमा भेला भएका छन् । यस अघि पनि चरणवद्ध आन्दोलन गर्दै आएको थाङ्मी स्वायत्त राज्य संघर्ष समितीले जेष्ठ ३ गते दवाव स्वरुप सविधन सभा भवन घेराउ गर्ने समितिका अध्यक्ष डम्बर बहादुुर थामीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।