पर्वतका २० स्वास्थ्य संस्थामा २४ घण्टे प्रसूति सेवा

९ जेष्ठ २०७१, शुक्रबार १८:३० मा प्रकाशित

फलेवास (पर्वत), ९ जेठ । सुरक्षित प्रसूति सेवाको अभावमा ग्रामीण क्षेत्रका महिलाहरूले अकालमा ज्यान गुमाइरहेका बेला पर्वतका २० स्वास्थ्य संस्थामा २४ घण्टे प्रसूति सेवा सञ्चालनमा आएको छ ।
नजिकमा सुरक्षित प्रसूति सेवा दिने संस्थाको अभावमा घरमै असुरक्षित रुपमा प्रसूति गराउँदा अकालमा ज्यान जाने समस्यालाई अन्त्य गर्न गाउँगाउँमा चौबिसै घण्टा प्रसूति सेवा प्रदान गर्न थालिएको छ ।
जिल्ला अस्पतालसँगै ठुलीपोखरी, लुङ्खुदेउराली, देउपुर, शङ्करपोखरी, दुर्लुङ्ग, शालिजा, हुवास, वहाकी बर्राचौरलगायतका स्थानमा चौबिस घण्टे प्रसूति सेवा सुरु गरिएको हो । सुरक्षित प्रसूति सेवा सुरु भएका स्वास्थ्य केन्द्रमा तालिम प्राप्त अनमीहरू लगायतका जनशक्तिसमेत उपलब्ध गराइएको छ ।
पछिल्लो समयमा पर्वत जिल्लामा स्वास्थ्य संस्थामा लगेर प्रसूति गराउनेको सङ्ख्या ह्वात्तै बढेको छ । आर्थिक अवस्था मजबुत भएका सहरबजारमा जाने गरेका छन् भने न्यून आर्थिक अवस्था भएका महिलाहरू गाउँमै रहेका स्वास्थ्य संस्थामा जाने गरेका छन् ।
स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेहरूलाई सरकारले बाटो खर्चस्वरुप रु एक हजार र नियमित स्वास्थ्य जाँच गराउनेलाई प्रोत्साहनस्वरुप रु ४०० गरी एक हजार ४०० उपलब्ध गराउँदै आएको छ । घरमा सुत्केरी गराउँदा आमाबच्चाको स्वास्थ्य जोखिममा पर्ने भएकाले सवै गर्भवती महिलाहरूले सुरक्षित प्रसूति सेवा भएका स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउनुपर्ने जिल्ला स्वास्थ्य कार्यालयका अहेब गोपाल आचार्यले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । विगत् १० महिनादेखि श्रीलंका कारागारमा रहेका २६ नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलंकास्थित नेपाली दूतावासले जनाएको छ

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना