कालीकोटमा संयुक्त लालपुर्जा वितरण भएनन्

९ जेष्ठ २०७१, शुक्रबार १३:४६ मा प्रकाशित

कालीकोट, ९ जेठ । सरकारले गरेको संयुक्त लालपुर्जा कार्यक्रम जिल्ला मालपोत कार्यालय कालीकोटमा आधिकारिक जानकारी नहँुदा आजसम्म कसैलाई पनि वितरण गरिएको छैन ।
जिल्ला मालपोत कार्यालयमा घरजग्गाको कारोबारमा व्यापकता आए पनि संयुक्त लालपुर्जाका लागि कोही पनि आउन नसकेको बताइएको छ । मालपोत कार्यालयमा विभागबाट आधिकारिक जानकारी नआएका कारण आफूले सो कार्यक्रम अगाडि बढाउन नसकेको मालपोत कार्यालयका प्रमुख राजबहादुर शाहीले बताए ।
देशभर विभिन्न सञ्चारमाध्यमबाट संयुक्त लालपुर्जाका लागि प्रचारप्रसार भइरहेको बेला विभागले किन कालीकोटमा जानकारी दिएन भन्ने प्रश्नमा शाहीले आफू हँुदासम्म कार्यालयमा आधिकारिक जानकारी नभएको यदि भएमा आफूले सो कार्यक्रम कार्यान्वयन गर्ने बताए ।
घरजग्गामा महिला र पुरुषको नाममा संयुक्त लालपुर्जा दिँदा महिला र पुरुषको स्वामित्व बराबर हुने बताएको छ । यस कार्यक्रमबाट समाजमा राम्रो प्रभाव पार्ने स्थानीय सरोकारवालाले विश्वास लिएका छन् । विकट कर्णालीका अन्य जिल्लामा सो कार्यक्रमको कार्यान्वयन भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।