दुई बालबालिका र एक महिलालाई बेच्न लैजाँदै गर्दा सप्तरीमा एक पक्राउ

३० बैशाख २०६९, शनिबार ११:४६ मा प्रकाशित

सिराहा, ३० बैशाख । एक महिला र दुई जना बालबालिकालाई बेचविखन गर्न भारततर्फ लग्दै गरेको एक जनालाई गएराति सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी जिल्लाका कुशहा गाविस ७ निवासी मोजबुल मियाँ भएको प्रहरीले जनाएको छ । सिरहाको ठाडी नाका हुदै तीनै जनालाई ट्रयाक्टरमा राती १२ बजे लैजादै गर्दा पक्राउ गरेको प्रहरी चौकी महेश्वारीले पक्रेको हो । पक्राउ परेका मियाँले मोरङ्ग जिल्ला हाटखोलाकी २८ वर्षीया अनिता चौधरी यादव, १० वर्षकी बालिका मनिषा यादव र ४ वर्षीया बालक सरोज यादवलाई बेच्न लैजान लागेको थिए ।  घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।सरकारले पेट्रोलको २० र डिजेलको २९ रुपैयाँ मूल्य घटाउने घोषणा गरेको छ । शनिबार अयोजित आकस्मिक पत्रकार सम्मेलनमा उद्योग

गत जेठ २३ गते बर्दियाको मधुवन नगरपालिका–२ छोट्की सोनाहा गाउँकी ४१ वर्षीया अस्मिता थारुलाई चितुवाले आक्रमण गरी घाइते बनाएपछि आक्रोशित

काठमाडौँ। प्रहरीले पछिल्लो समयमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यम प्रयोग गरी प्रलोभन दिएर ठगी गर्ने कार्य बढिरहेको भन्दै त्यसतर्फ सचेत

बाँके । नेपालगञ्ज-१० स्थित बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी राखिएपछ उनीहरुको सुरक्षा चिन्ता र