कैदी–कैदीबीच झडप, एक चिनियाँ सहित तीन घाईते

३० बैशाख २०६९, शनिबार ११:४५ मा प्रकाशित

काठमाडौ, ३० बैशाख । जिल्ला कारागार सिन्धुपाल्चोकका कैदीकैदीबीच झडप हुँदा थुनामा रहेका एक चिनियाँसहित तीनजना घाइते भएका छन् । कारागारका नाइके तथा भाइनाइकेले अनावश्यक रूपमा दमन गरी बेलाबेलामा कुटपिटसमेत गर्ने गरेको भन्दै गएराति आन्दोलित कैदीबीच कुटाकुट भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घाइते चिनियाँ नागरिक समेत नेपालका बलबहादुर तामाङ र दुर्गाबहादुर मगरलाई राति नै चौतारा अस्पतालमा उपचार गराई कारागारमा फर्काइएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । प्रहरीले तीनजना मात्र घाइते भने पनि कैदीहरूले छ–सातजना घाइते भएको बताएका छन् । यसैबीच, घटनामा संलग्न भएको आरोपमा छजनालाई हिरासतमा राखिएको प्रहरीले बताएको छ ।     सातजना महिला कैदीका लागि बनाइएको नवनिर्मित कारागार भवनमा हाल ९२ जना पुरुष कैदीलाई राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको