हिजो तनावग्रस्त कैलाली आज शान्त

३० बैशाख २०६९, शनिबार ०८:५८ मा प्रकाशित

कैलाली, ३० बैशाख । अखण्ड सुदूरपश्चिमका पक्षधरको बन्द र आदीवासी जनजाती महासंघको सभाका कारण दोहोरो झडपले हिजो तनावग्रस्त कैलाली आज सुनसान छ । हिजो कैलालीका विभिन्न ठाउँमा भएका झडपबाट घाइते ४५ जना मध्ये ४० जना सामान्य उपचारपछि घर फर्केका छन् ।  घाइते मध्ये राजकुमार राना र लक्ष्मण चौधरीको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भैरहेको छ । आदिवासी जनजाति महासंघको आयोजनामा भएको सभालाई सम्वोधन गर्दै थरुहट तराई पार्टीका केन्द्रीय अध्यक्ष लक्ष्मण थारुले २४ घण्टाभित्र कैलालीको जनजीवन सामान्य नवनाए कैलालीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखका विरुद्ध आन्दोलन गर्ने र कैलाली, कञ्चनपुरका पत्रकारहरुले थारुहरुका पक्षमा समाचार नलेखे उनीहरुप्रति कडा हुने चेतावनी दिनुभयो । आदीवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष राजकुमार लेखीले थारुका अधिकार खोस्न धेरै सक्रिय भए धनगढीका सेता घर छानीछानी खरानी बनाउन सक्ने बताउनुभयो । थारु नेताका अभिव्यक्तिले कतै त्रास र कतै उत्तेजनाको स्थिति सृजना भएको छ ।
यसैवीचथारु संयुक्त संघर्ष समिति नवलपरासीले आज डण्डामा आयोजना गर्ने भनिएको विशाल विरोध सभा स्थगित गरेको छ । ब्राह्मण, क्षेत्री, दशनामीलगायतको संयुक्त संघर्ष समितिले आज पनि नेपाल बन्द गरेपछि जातीय सदभावलाई मध्यनजर राख्दै विरोध सभाको कार्यक्रम स्थगित गरिएको थारु संयुक्त संघर्ष समिति नवलपरासीका संयाजक सिताराम चौधरीले जानकारी दिनुभयो । यहि वुधवार मात्रै कावासोतीमा थारु आन्दोलनकारी माथि दमन गरेको भन्दै थारु संयुक्त संघर्ष समितिले आज  नवलपरासीको डण्डामा वृहत विरोध सभाको आयोजना गरेको थियो । कावासोतीमा प्रहरी संग भएको झडप मा परि गम्भिर घाइते भएका ४ जनाको काठमान्डौमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनी शनिबार दिउसो ४ः ०० बजे

काठमाडौं । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसक्नुपर्छ

काठमाडौँ । भारतीय राजदूत नविन श्रीवास्तव आज काठमाडौंँ आउने भएका छन् । श्रीवास्तव आज अपरान्ह ४ बजे काठमाडौं आउन लागेका

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजनका क्रममा एमालेमै बसेका १० स्थायी कमिटी सदस्यहरुलाई दासको संज्ञा दिएका