सरकार र अखण्ड सुदूरपश्चिम पक्षधरबीच आज वार्ता हुँदै

३० बैशाख २०६९, शनिबार ०८:५७ मा प्रकाशित

काठमाडौ, ३० बैशाख । अखण्ड सुदूरपश्चिमको माग गर्दै आन्दोलन गर्दै आएको समूह र सरकारबीच आज वार्ता हुँदै छ । वार्ता अहिले केहीबेरमा सिंहदरबारमा रहेको शान्ति मन्त्रालयमा हुँदै छ । सरकारसँग वार्ताका लागि २६ सदस्यीय वार्ता टोली हिजो साँझ राजधानी आइपुगेको थियो । सरकारले यसअघि नै उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहनुभएको तीन सदस्यीय वार्ता टोली गठन गरिसकेको छ । वार्ताका क्रममा सरकारले जारी बन्द र आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गर्ने बताइएको छ । लगातार आन्दोलनका कार्यक्रम जारीरहेपछि सुदूरपश्चिमको जनजीवन निकै कष्टकर बनिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव