नवलपरासीमा एक गाडीमा आगजनी, चार यात्रुबसमा तोडफोड

३० बैशाख २०६९, शनिबार ०८:५७ मा प्रकाशित

बुटवल, ३० बैशाख । राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि आवहान गरिएको बन्द अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले आज बिहान नवलपरासीको पञ्चनगर भुताहामा एउटा गाडीमा आगजनी गरेका छन् भने  ४ वटा यात्रु बसमा तोडफोड गरेका छन् । आन्दोलनकारीहरुले बिहान बुटवलबाट नारायणगढतर्फ जादै गरेको लु १ ख १९९१ नम्बरको पराल बोकेको ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ । आगो निभाउन नवलपरासी तथा बुटवलबाट दमकल गएको थियो । प्रहरीले रोकिएका सवारी साधनहरुलाई स्कटिङ गरेर बुटवल ल्याएको छ । त्यहाबाट आएका सैयौ सवारीका साधन बुटवलमा रोकिएका छन् । यसैबीच ब्राम्हण समाज, क्षेत्री समाज सम्मिलित संयुक्त संघर्ष समिसतको बन्दमा बन्दकर्ताहरुले बुटवलको राजमार्ग चौराहामा सभासदहरुको श्राद्ध गरेका छन् । संसदमा रहेका सभासदमध्ये राष्ट्रिय जनमोर्चाका सभासद चित्रबहादुर केसी बाहेकका ६ सय सभासदहरुको नाममा मृत घोषित गरेर पिण्ड दान समेत गरेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार