प्रश्नावलीलाई अन्तिम रुप दिन विवाद समाधान उपसमितिको बैठक जारी

३० बैशाख २०६९, शनिबार ०८:५५ मा प्रकाशित

काठमाडौ, ३० बैशाख । संविधान लेखनमा देखिएका विवादित विषय टुङ्ग्याउने प्रक्रिया अन्तर्गत तयार पारिएका प्रश्नावलीलाई अन्तिम रुप दिने बारेमा छलफल गर्न संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिको बैठक अहिले बसिरहेको छ । सिंहदरबारमा जारीे बैठकमा प्रश्नावलीलाई अन्तिम दिने विषयमा सहमतिका लागि छलफल हुने नेपाली काङ्ग्रेस संसदीय दलका मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले जानकारी दिनुभयो । विवादित विषय र प्रश्नावलीमा छलफल गरिसकेपछि आजै दिउँसो १२ बजेपछि बस्ने संवैधानिक समितिको बैठकमा जानकारी गराइने घिमिरेले बताउनुभयो । संवैधानिक समितिमा लगातार दुई दिन छलफल हुँदा पनि प्रश्नावलीको विवाद नटुङ्गिएपछि हिजो विवाद समाधान उपसमितिमा पठाउने निर्णय भएको हो । विवाद समाधान उपसमितिमा एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संयोजक हुनुहुन्छ । विवादित विषयहरूको प्रश्नावलीलाई अन्तिम रूप दिन नसक्दा मतदान प्रक्रियाका लागि बोलाइएको संविधानसभाको बैठक पटक पटक स्थगित हुँदै आएको छ । संविधानसभाको बैठक भोलिका लागि बोलाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ