मधेसी मोर्चा सहित प्रमुख तीन दल११ प्रदेश कायम गर्न सहमति निकट; प्रदेशको नामाङ्कन प्रादेशिक सभा मार्फत गरिने

२९ बैशाख २०६९, शुक्रबार २३:१५ मा प्रकाशित

काठमाडौं, २९ वैशाख । मतदानमा जानु अघि सहमतिको लागि गरिएको अन्तिम प्रयासस्वरूप मधेसी मोर्चा सहितका प्रमुख तीन दलहरु सहभागी रहेको शुक्रबारको बानेश्वर बैठकमा दलहरु राज्य पुनर्संरचना गर्दा ११ प्रदेश कायम गर्न सहमति निकट पुगेको छन् ।

मधेसी मोर्चा सहित माओवादी, कांग्रेस र एमाले राज्य पुनर्संरचना गर्दा ११ प्रदेश कायम गर्न तयार भएको नेताहरुको दावी छ । प्रदेशको नामाङ्कन प्रादेशिक सभा मार्फत गर्ने सहमतिमा पुगेका दलहरु सिमाङ्कनमा भने बिबादित रहेका छन् भने मधेसी मोर्चाले एक मधेस एक प्रदेशको अडान कायमै राखेको छ ।

संविधानसभा भवन नयाँ बानेश्वरमा शुक्रबार साँझ बसेको बैठकबाट बाहिरिएका एमाले अध्यक्ष झलनाथ खनाल र माओवादी नेता वर्षमान पुनले संचारकर्मीलाई दिएको जानकारी अनुसार छलफल सहमतितर्फ उन्मुख रहेको छ । एमाले अध्यक्ष झलनाथ खनालले भने चारपक्षीय वार्ता जारी छ, समझदारीहरु भइरहेका छन्,तर सहमति भइसकेको भने छैन, र भोलिसम्म सहमतिको प्रयास जारी रहने छ ।’

अध्यक्ष खनालले दिएको जानकारी अनुसार शिर्ष बैठकमा ११ गैरजातीय प्रदेशका विषयमा छलफल भइरहेको छ । खनालले भने, ‘एघार प्रदेशको प्रस्ताव आएको छ त्यसलाई कसरी गैरजातीय बनाउन सकिन्छ भनेर छलफल भइरहेको छ ।’

बैठक बाट बाहिरिएका माओबादी नेता पुनले ११ गैरजातीय प्रदेशमा सहमति जुट्ने सम्भावना रहेको बताए । उनका अनुसार दलहरुबीच प्रदेशको नामाङ्कन, सिमाङ्कन र जातीय अग्राधिकारमा विवाद कायमै छ ।

मन्त्रि पुनका अनुसार माओवादी र मधेसी एकल जातीय आधारमा प्रदेशको नामाङ्कन गर्नुपर्ने पक्षमा छन् भने कांग्रेस-एमाले बहुजातीय प्रदेशको पक्षमा अडिग छन् । बैठकमा सहभागी कांग्रेस नेता अर्जुननरसिंह केसीले पनि ११ प्रदेशमा छलफल केन्द्रित भएको पुष्टि गरेका छन् ।

मधेसी मोर्चा सहितका प्रमुख तीन दलहरुबीच विवादित पाँचमध्ये नागरिकता, न्यायप्रणाली र निर्वाचन प्रणालीमा सहमति भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । गत शुक्रबारबाट सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वलीको अदृष्य स्थानबाटै प्रेस विज्ञप्ति बाहिर आएको छ ।

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको आरोप