वाशिंगटन डिसीमा बुद्ध जयन्ती मनाईयो

२९ बैशाख २०६९, शुक्रबार २०:३६ मा प्रकाशित

वाशिंगटन डिसी । अमेरिकाको राजधानी वाशिंगटन डि. सी. मा “बुद्ध जयन्ती” मनाईएको खबर छ । तामांङ सोसाईटी अफ ग्रेटर वाशिंगटनको आयोजनामा भएको उक्त “२५५६ औं बुद्ध जयन्ती” वाशिंगटन डि. सी. नजिकै भर्जिनियाको अर्लिंगटन सेन्ट्रल लाईब्रेरीको अडिटोरियम हलमा सम्पन्न भएको थियो । कार्यक्रममा बुद्ध धर्मका धर्मगुरु रेम्पोंजे लुंगु दोर्जे लामाले पुजा-पाठ गरेपछि, ऊपस्थित सबैले धर्मगुरुबाट आशिष थापेका थिए । तत्पश्चात सबैलाई “प्रशाद” खुवाईएको थियो ।

तामांग सोशाईटीका अध्यक्ष श्री श्रीलाल मोक्तानले ऊपस्थित सबैलाई स्वागत गरेर शुरु भएको उक्त कार्यक्रममा
“माने पिने हुँ” भन्ने गीत, संगीतले कार्यक्रमस्थल गुन्जायमान भएको थियो । नेपाल देखि ल्याईएको बुद्धका मुर्तीहरू, बुद्धका चित्र भएका थान्काहरु र बुद्ध धर्मका धोजा-पताकाले सजाईएर कार्यक्रमस्थल (अमेरिकी सरकारको सरकारी भवन) काठमाडौँको जोरपाटी-बौद्धको कुनै एक “गुम्बा” जस्तो बनेको थियो । अमेरिकाको जेठो संस्था अमेरिका नेपाल सोशाईटी, वाशिंगटन डि. सी. का निबर्तमान अध्यक्ष खेम भट्टचन, डा. श्याम लामा लगायत तामांग समुदाय बुद्ध जयन्तीमा ऊपस्थित थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद