सामाजिक सदभाव कायम राख्न कांग्रेस सभापतिको आह्वान

२९ बैशाख २०६९, शुक्रबार २०:३१ मा प्रकाशित

काठमाडौं, २९ वैशाख । कांग्रेस सभापति सुशील कोइरालाले नेपलको सामाजिक विविधतालाई आत्मसात गर्दै अहिंसा, सद्भाव र सहिष्णुता कामय गर्न नागरिक समाज, सामजिक संघ संस्था र सम्पूर्ण देशबाशिलाई आग्रह गर्नु भएको छ ।
सभापति कोइरालाले शुक्रबार एक विज्ञप्ती जारी गरि सामाजिक संहिष्णुता कायम गर्न आह्वान गरेका हुन् । कोइरालाले समाजको अमूल्य पूँजीका रुपमा रहेको सामाजिक विविधतालाई नखल्बल्याउन पनि आग्रह गरेका छन् ।
अधिकारका लागि आवाज उठ्नु जायज रहेको भन्दै सभापति कोइरालाले अधिकार माग्दा सामाजिक दायित्वलाई पनि ध्यान दिनुपर्ने बताएका छन् ।
‘सद्भाव र सहिष्णुतालाई कुल्चेर हिंसा, घृणा र प्रतिशोधको जगमा गरिने कुनै पनि क्रियाकलाप सर्वथा अनुचित नै हुन्छ ।’ उनले भनेका छन्, ‘त्यसैले सबै क्षेत्र र समुदायका नागरिकहरुले अहिंसा, सद्भाव र सहिष्णुताको हाम्रो अमूल्य पूँजीलाई केन्द्रविन्दुमा राखेर नै आफ्नो आवाज उठाउनु पर्छ ।’
विभिन्न जात–जाति, धर्म, भाषा, संस्कृति र क्षेत्रका नेपालीहरु एउटै नियतिले बाँधिएको भन्दै कांग्रेस सभापति कोइरालाले मुलुकमा प्रगति हुँदा सबैको भलो हुने अन्यथा सबैको दुर्गति हुने बताएका छन् ।
‘हाम्रो बीचको एकता रहरको विषय मात्र होइन, हाम्रो अनिवार्य छनौट हो’, कोइरालाले भनेका छन्, ‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको यो विशाल भूगोलमा वसोवास गर्ने सबै जात–जाति, धर्म र भाषाका नेपालीहरु बीचको सद्भाव र सहिष्णुता, प्रेम र वन्धुत्व नै आजको दिनमा हाम्रो पूँजी हो, हाम्रो शक्ति हो ।’
उनले सामाजिक सद्भावका लागि सबै नागकिले आ–आफ्नो ठाउँबाट सकारात्मक पहल कदमी लिन आवश्यक रहेको बताएका छन् ।
जातीय सद्भाव र सहिष्णुतालाई आँच पुरायाउने कुनै पनि खालको गतिविधिलाई सम्पूर्ण रुपमा रोक्न अपरिहार्य रहेको कोइरालाको आह्वान छ ।
सभापति कोइरालाले भनेका छन्, ‘विभिन्न जात–जाति, धर्म, भाषा, संस्कृति र क्षेत्रका नेपालीहरुका बीचमा सदियौँदेखि रहँदै आएको सद्भावको परम्परालाई अक्षुण्ण राख्नका लागि आ–आफ्नो ठाउँबाट सकारात्मक प्रयत्न गर्न सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक अपील गर्दछु ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका