त्रिवि उपकुलपति कार्यालयमा घेराउ

४ जेष्ठ २०७१, आईतवार १५:५५ मा प्रकाशित

काठमाडौं, ४ जेठ । विभिन्न १९ विद्यार्थी सङ्गठनले त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा घेराउ गरेका छन् ।

सङ्गठनहरूले त्रिविले षड्यन्त्रमूलक ढङ्गले स्ववियु निर्वाचन घोषणा गरेको आज (आइतबार) त्रिवि कार्यालय घेराउ गरेका हुन् । उनीहरू सम्पूर्ण विद्यार्थीको सहमतिमा निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग गरे । सङ्गठनहरूले स्ववियु निर्वाचन हुने देशभरका क्याम्पसमा तालाबन्दी गर्दै आएका छन् ।

संयुक्त १९ विद्यार्थी सङ्गठनमा अनेरास्ववियु (क्रान्तिकारी), अखिल (क्रान्तिकारी), तराई मधेस विद्यार्र्थी फ्रन्ट, मधेसी विद्यार्थी फोरम, विद्यार्थी फोरम (लोकतान्त्रिक), राप्रविसङ्घ नेपाललगायतका छन् ।

त्रिविले जेठ १४ गते स्ववियु निर्वाचनका लागि तयारी गरेको भए पनि १९ विद्यार्थी सङ्गठनले संयुक्त रुपमा निर्वाचनमा सहभागी नहुने भनेपछि जेठ १८ का लागि कार्यतालिका प्रकाशन गरेको छ ।

त्रिविले एकपक्षीय रुपमा चुनावको कार्यतालिका घोषणा गरी निर्वाचनमा सबै विद्यार्थी सङ्गठन सहभागी हुने वातावरणमा अवरोध पु¥याएको राप्रविसङ्घका अध्यक्ष राजाराम बर्तौलाले आरोप लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य