मधेशी मोर्चा सहितका प्रमुख दलहरु सहमतिको अन्तिम कसरतमा

२९ बैशाख २०६९, शुक्रबार १८:५६ मा प्रकाशित

काठमाडौं, २९ वैशाख । नयाँ संविधानका विवादित विषयलाई मतदानबाट टुंग्याउन प्रश्नावली तयार भइरहेकाबेला मधेशी मोर्चा सहितका प्रमुख दलहरुले सहमतिको प्रयासस्वरूप संबिधानसभा स्थल बानेश्वरमा निर्णायक वार्ता जारी राखेका छन् । मधेशी मोर्चा सहित माओवादी, कांग्रेस र एमालेका नेताहरुबीच सहमति खोज्ने प्रयासस्वरुप मुख्य विवादित बिषय राज्य पुनर्संरचनालाई लिएर संविधानसभा भवन नयाँ बानेश्वरमा निर्णायक छलफल भइरहेको छ ।

आजै शुक्रबारको बसेको माओबादी स्थाई समितिको बैठकले राज्य पुनर्संरचनामा लचिलो हुने निर्णय गरे पछि सहमतिको सम्भावना बढेको हो । दलहरुबीच खासगरी प्रदेशको नामाङ्कन, सिमाङ्कन र जातीय अग्राधिकारमा विवाद रहदै आएको छ । सबै पार्टीका जनजाती सभासद, माओवादी र मधेसी दल एकल जातीय आधारमा प्रदेशको नामाङ्कन गर्नुपर्ने पक्षमा छन् भने कांग्रेस-एमाले बहुजातीय प्रदेशको पक्षमा अडिग छन् ।

विवाद मिलाउन पटक-पटक विवाद समाधान उपसमितिको म्याद थपे पनि सहमति नभएपछि बुधबार बिहान बसेको संवैधानिक समितिको बैठकले संविधानसभामा निर्वाचन प्रक्रियाबाटै टुंगो लगाउने निर्णय गरेको थियो ।

मधेशी मोर्चा सहितका प्रमुख दलहरुबीच विवादित पाँचमध्ये नागरिकता, न्यायप्रणाली र निर्वाचन प्रणालीमा सहमति भइसकेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस