सरकार र संयुक्त संघर्ष समितिवीचको बार्ता निष्कर्ष विहिन

२९ बैशाख २०६९, शुक्रबार १८:४५ मा प्रकाशित

काठमाडौं, २९ वैशाख । सरकार र संयुक्त संघर्ष समितिवीच आज भएको बार्ता निष्कर्ष विहिन भएको छ । बार्ता निष्कर्ष विहिन भएपछि समितिले बिरोध र नेपाल बन्दको कार्यक्रमलाई निरन्तरता दिएको छ । सरकारसँगको बार्ता पछि बसेको बैठकले बन्दलाई निरन्तरता दिने निर्णय गरेको समितिले जनाएको छ ।

यस अघि सरकारका प्रतिनिधि र प्रमुख दलका शीर्ष नेताहरुसँग पनि समितिको बार्ता भएको थियो । बार्तामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जातीय राज्यका पक्षमा अडान राखेपछि समिति आक्रोशित हुँदै बाहिरिएको हो ।
समितिले जातीय राज्य नबनाउन गरेको प्रस्तावलाई एमाओवादीले अस्वीकार गरेपछि बार्ता सफल नभएको समितिका सदस्यहरुले बताएका छन् ।
बार्तामा सरकारका तर्फबाट बार्ता टोली संयोजक तथा उपप्रधानमन्त्री कृष्ण सिटौला सहितका सदस्य तथा दलहरुका तर्फबाट एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल लगायतको सहभागिता थियो ।
संयुक्त संघर्ष समितिबाट व्राम्हण समाज, क्षेत्री समाज, दलित समाज, दशनामी समाज, पिछडा बर्ग लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

काठमाडौं । सरकारले विभिन्न देशबाट कोरोनाविरुद्धको खोप आयातलाई तिब्रता दिएको छ । तर सरकारले खोप अभियानलाई व्यवस्थित गर्न नसक्दा नागरिक

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री