माओवादी प्रदेशको नामाङ्कन र सिमाङ्कनमा लचक

२९ बैशाख २०६९, शुक्रबार १८:४२ मा प्रकाशित

काठमाडौं, २९ वैशाख । राज्य पुनर्संरचनामा प्रदेशको नामलाई लिएर मुख्य दलहरुबीच विवाद विवाद बढिरहेको बेला माओवादीले लचकता अपनाउने निर्णय गरेको छ । शुक्रबार बसेको माओवादी स्थायी समितिको बैठकले प्रदेशको नामाङ्कन र सिमाङ्कनमा लचकता अपनाउने निर्णय गरेको हो ।

मधेसी मोर्चा सहितको प्रमुख तीन दलको बैठकअघि सिंहदरवारमा बसेको माओवादी बैठकले नामको विकल्प छनोट गर्ने अधिकार प्रादेशिक संसद्लाई दिने निर्णय गरेको छ । माओवादी प्रवक्ता दीनानाथ शर्माले भने, ‘नामबारे विभिन्न विकल्प तयार पारेर प्रादेशिक संसद्लाई नाम राख्ने अन्तिम अधिकार दिन हामी लचिलो भएका छौं ।’

माओवादीले एकल जातीय पहिचानका आधारमा प्रदेशको अडानमा पनि लचिलो हुने निर्णय गरेको शर्माले बताए । माओवादीको पछिल्लो निर्णयले राज्य पुनर्संरचनामा देखिएको विवाद सहमतिमा टुंगिने सम्भावना बढेको छ ।

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादी लचक हुँदा सम्भवतः शुक्रबारै सहमति हुने सम्भावना रहेको बताएका छन् । उनले ८ देखि ११ प्रदेशमा सहमति हुने उल्लेख गरे ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका