संवैधानिक उपसमितिले प्रश्नावली तयार पार्न सकेन

२९ बैशाख २०६९, शुक्रबार १८:३५ मा प्रकाशित

काठमाडौं, २९ वैशाख । शिर्ष नेताहरुको निरन्तरको बैठकले संविधानका विवादित विषयमा सहमति खोज्न नसके पछि संवैधानिक समितिले विवाद समाधान उपसमितिलाई अबिलम्ब प्रश्नावली तयार गरि विवाद अन्त्य गर्ने जिम्मेवारी दिएको छ ।
विवादित विषयका प्रश्नावली बनाउने जिम्मेवारी पाएको समितिको सचिवालयले समयमा प्रश्नावली तयार गरन नसकेपछि उत्पन्न असहज परिश्तितिका बीच विवाद अन्त्य गर्ने जिम्मा पुनः उपसमितिलाईनै दिईएको हो । उप समितिको बैठक पछि जारी विज्ञप्ती अनुसार राज्य पुनर्संरचना, शासकीय स्वरुप लगायतका विवादित विषयमा भोली शनिवारसम्म सहमतिका लागि प्रयास गर्ने निर्णय गरेको उल्लेख छ ।
संविधानसभामा लैजान विवादित १ सय १७ विषयका प्रश्नावली बनाउने भनेपनि आन्तरिक विवाद भएपछि प्रश्नावली समेत तयार हुन नसकेको हो ।
उता, संविधानसभा बैठक पनि सूचना टाँस गरेर स्थगित भएको छ । संवैधानिक समितिले विवादित विषयको प्रश्नावली तयार पार्न नसकेपछि संविधानसभा बैठक पुनः सूचना टाँस गरेर स्थगित भएको संविधानसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड– १९) संक्रमण नियन्त्रणमा देखिएका कानुनी अड्चन हटाउन अध्यादेश ल्याउने तयारी गरेको छ । कोभिड–