अखण्ड सुदुरपश्चिम र थारुवान समर्थकबीच कैलालीमा दिनभर झडप

२९ बैशाख २०६९, शुक्रबार १८:२८ मा प्रकाशित

कैलाली, २९ वैशाख । अखण्ड सुदुरपश्चिमको मागलाई लिएर बितेको दुइ साता आन्दोलनरत समूह र त्यसको प्रतिकारमा निस्किएको जुल्सुह बीच कैलालीका बिभिन्न स्थानमा भएको झडपमा केही प्रदर्शनकारी घाईते भएका छन् ।
अखण्ड सुदुरपश्चिम र सुदूरपश्चिमबाट कैलाली र कञ्चनपुर जिल्लालाई टुक्राएर थारुवान राज्य बनाउनुपर्छ भन्ने पक्षवीच झडप भएको प्रहरीले जनाएको छ ।
धनगढीको एलएन चोकमा प्रहरी र थारुवान कार्यकर्ताबीच दोहोरो झडप भएको छ । सयौको संख्यामा रहेका थारुवान समर्थखरु अखण्ड सुदुरपश्चिम समर्थकहरु बसेको ट्राफिक चोकतर्फ बढ्न खोजेपछि प्रहरीले उनीहरुलाई रोकेको थियो ।
थारु समुदायका लाई अखण्ड सुदूरपश्चि समर्थकहरु तर्फ जान नदिएपछि प्रदर्शनकारीले प्रहरी माथि ढुंगा प्रहार गरेका थिए ।
स्थिती नियन्त्रण बाहिर जना तहले पछी प्रहरीले बल प्रयोग गरेको छ ।
प्रहरीले उत्तेजित भिडलाई नियन्त्रणमा लिन २ सेल अश्रुग्यास र लाठी प्रहार गरेको छ ।
शुक्रबार आज सांझ प्रहरीले थारुवानको कार्यक्रम भइरहेको पार्कमोडदेखि सेती अञ्चल प्रहरी कार्यालय, नेपाल राष्ट्र बैंक, जिल्ला प्रहरी कार्यालयसम्म ८÷९ लाइनको सुरक्षा घेरा बनाई कसैलाई पनि आवतजावत गर्न दिएको छैन् ।
थारुवान कार्यकर्ताहरुले अखण्ड सुदूरपश्चिमका कार्यकर्ताहरुले आफ्नो कार्यक्रम सहभागी हुन गाउ“गाउ“बाट आएकाहरुलाई कैलालीको मुडाबजार र भन्सारमा रोकी आक्रमण गरेको आरोप लगाएका छन् ।
लाठी र ढुंगा सहित अखण्ड सुदूरपश्चिम समर्थक बसेको ट्राफिक चोक चौराहमा जान थालेपछि प्रहरीले थारुवानका कार्यकर्तालाई रोकेको थियो । उनीहरुलाई रोके लगत्तै झडप भएको हो ।
उता आज दिउ“सो डेढ बजेतिर कैलालीको मुडा बजारमा अखण्ड सुदूरपश्चिम र थारुवान समर्थकबीच झडप भएको छ ।
अखण्ड सुदूरपश्चिमको बिगत १५ दिनदेखि बन्द गरिरहेका बन्दकर्ताहरुले धनगढीको कार्यक्रममा सहभागी हुन २५ वटा टयाक्टरमा आएका थारुवान कार्यकर्ताहरुलाई बन्दमा सवारीसाधन चलाउन नपाइने भनेर रोके पछि दोहोरो झडप भएको हो ।
झडपमा परी छ जना सुरक्षाकर्मी सहित १५ जना घाइते भएका छन् । घाइते हुने सुरक्षाकर्मीमा सई धनसिंह ऐडी, प्रहरी जवान दिनेश भट्ट, तेजराज गिरी, खडकसिंह धामी, सुरत साउद र महिला प्रहरी जवान रुपा साउद छन् ।
त्यस्तै घरमा बसी रहेकी ५० वर्षीया सरस्वती कुव“र, लक्ष्मी कुव“र, कटकबहादुर शाही, उदयसिंह बिसी, जगत बिक पनि छन् । थारुवान समर्थक जोशीपुर–२ लखनमण्डी २८ वर्षीय श्याम चौधरी, बलिया–३ भल्काका प्रदेशी चौधरी र महेश चौधरी, चुहाका चुलुराम चौधरी र दोधाराका क्रिमलाल चौधरीपनि घाइते भएका छन् ।
घाइतेहरुको सुख्खडस्थित घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । सबैको स्वस्थ्यस्थिती सामान्य रहेको सो अस्पतालले जनाएको छ ।
बन्दकर्ताहरुले सोही ठाउ“मा से १ त ४२४४ नम्बरको टयाक्टरमा आगजनी गरी जलाइ दिएका छन ।
त्यसैगरी कञ्चनपुरबाट आइरहेका थारुवान र अखण्ड सुदूरपश्चिमबीच धनगढीको भन्सारमा पनि झडप भएको छ । उक्त झडमा पा“चजना घाइते भएका छन् ।
दुई पक्षबीच झडप हुन थालेपछि धनगढी तनावग्रस्त हुन पुगेको छ । अहिले धनगढीमा सामाजिक सद्भाव नखल्बलियोस् भनेर उच्च सुरक्षा सर्तकर्ता अपनाइएको प्रहरीले जनाएको छ ।
स्थिती अझै तनाव ग्रस्त हुने भएपछि स्थानीय प्रशासन कर्फ्यु लगाउने मनस्थितिमा पुगको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो