सरकारद्वारा आन्दोलनरत संघ-संस्थाहरुलाई बन्द फिर्ता लिन आग्रह,वार्ताका लागि आह्वान

२८ बैशाख २०६९, बिहीबार २१:१८ मा प्रकाशित

काठमाडौं, २८ वैशाख । सरकारले आन्दोलनरत संघ-संस्थाहरुलाई पत्र लेख्दै वार्ताका लागि आह्वान गरेको छ । सरकारका तर्फबाट मन्त्री वर्षमान पुनले एकै व्यहोराका पत्र लेख्दै १२ समूहलाई वार्ताका लागि आह्वान गरेको हुन् । शान्ति तथा पुनर्निर्माण मन्त्रालयका अनुसार अखण्ड सुदूरपश्चिमको माग राखी १४ दिनदेखि आन्दोलन गरिरहेका समुहलाई वार्ताका लागि काठमाडौँ आउने बिशेष आग्रह गरेको छ ।

सरकारले क्षेत्री समाज, ब्राह्मण समाज नेपाल, ठकुरी समाज महासंघ नेपाल, नेपाल दशनामी समाज, विभेदमुक्ति प्रगतिशील समाज, दलित जागरण सेवा संघ, नेपाल पिछडावर्ग महासंघ सम्मिलित संयुक्त संघर्ष समितिलाई बन्द फिर्ता गर्न आह्वान गरेको छ ।

सरकारका तर्फबाट मन्त्री वर्षमान पुनले बन्दको कार्यक्रम राखी आन्दोलन घोषणा गर्ने संघीय समाजवादी आन्दोलन, बृहद् मधेसी मोर्चा, नेपाल आदिवासी जनजाति महासंघ, मधेसी जनअधिकार फोरम नेपाल र राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन समेतलाई वार्ताका लागि पत्र पठाइ वार्ताका लागि आह्वान गरेको हो ।

वार्ताका लागि आह्वान गरेका मन्त्री पुनले ५ जनासम्मको वार्ता टोली गठन गरी शान्ति तथा पुननिर्माण मन्त्रालयमा वार्तामा आउन पत्र मार्फत भनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार