उपेन्द्र यादवको बृहत् मधेसी मोर्चाद्वारा वार्ता टोली गठन

२८ बैशाख २०६९, बिहीबार २१:०८ मा प्रकाशित

काठमाडौं, २८ वैशाख । बृहत् मधेसी मोर्चाले नयाँ संविधानमा मधेसी मुद्दाको साझा धारणा तय गर्न अन्य समुदायसँग छलफलको लागी वार्ता टोली गठन गरेको छ ।
बिहीबार बसेको बृहत् मधेसी मोर्चाको कार्य सम्पादन समितिको बैठकले सात सदस्यीय वार्ता टोली गठन गरेको हो । वार्ता टोलीमा सभासद्हरु शरतसिंह भण्डारी, गोपाल ठाकुर, शिवराम यादव, रामसहाय यादव, विश्वेन्द्र पासवान, सदरुल मिया हक र आत्माराम शाह रहेका छन् । वार्ता टोलीले संविधानसभाभित्रका आदिवासी, जनजाति, दलित, मुस्लिम, पिछडावर्ग र अन्य समूदायसँग वार्ता गर्ने छ । नयाँ संविधान निर्माण प्रक्रियामा मधेसी मुद्दा कमजोर भएको भन्दै मधेसी दलका सभासदहरुले उपेन्द्र यादवको संयोजकत्वमा मोर्चा गठन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार