एसिसी यु-१९ एसिया कपकालागि २४ सदस्यीय नेपाली टोली घोषणा

२८ बैशाख २०६९, बिहीबार १८:५१ मा प्रकाशित

काठमाडौं, २८ वैशाख । एसिसी यु-१९ एसिया कपमा प्रतिष्पर्धा गर्न नेपालले बुधबार २४ सदस्यीय टोली घोषणा गरेको छ । भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशजस्ता टेस्ट खेल्ने राष्ट्र समावेश एसिया कप एसियाली क्रिकेट परिषद् (एसिसी) ले पहिलोपटक आयोजना गर्न लागेको हो ।
जुन २३ देखि जुलाई १ सम्म मलेसियामा हुने प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान) ले हालै सम्पन्न वाइवाइ यु-१९ राष्ट्रिय प्रतियोगिताबाट १० खेलाडी छनोट गरेको छ। जुलाई २८ देखि अगस्ट ९ सम्म आयरल्यान्डमा भएको आइसिसी विश्व यु-१९ छनोटमा दोस्रो बनाई नेपाललाई यु-१९ विश्वकपमा छनोट गराउने १४ खेलाडीलाई सिधै प्रारम्भिक टोलीमा समाबेश गरिएको छ ।
आयरल्यान्डमा छनोट चरण खेल्ने नेपाली टोलीमा पृथु बाँस्कोटा (कप्तान), राहुल बिक (उपकप्तान), सुवास खकुरेल, फैजलुर रहमान, सागर पुन, नरेश बुढाऐर, प्रदीप ऐरी, राजेश पुलामी, कृष्ण कार्की, अविनाश कर्ण, भुवन कार्की, निश्चल पाण्डे, रुपेश श्रीवास्तव र सुवेन्दु पाण्डे छन् । अघिल्लो महिना सम्पन्न राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकाबाट क्यानले शिव तण्डुकार, सुशील कँडेल, प्रजेशबहादुर सिंह, गोपाल सिंह, विनोद लामा, अभिषेक झा, हासिम अन्सारी, विजय घालान, सुरेन्द्र चन्द र पवन श्रेष्ठ छन् ।
यु-१९ एसिया कपका लागि जेठ २ देखि काठमाडौंमा बन्द प्रशिक्षण हुने क्यानले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित

लन्डन । म्यानचेष्टर युनाइटेड रोमालाई पराजित गर्दै युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई

लन्डन । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल

जोसे मोरिन्हो इटालियन क्लब रोमाको प्रशिक्षकमा नियुक्त भएका छन् । टोटनह्यामको प्रशिक्षकबाट बर्खास्त भएका जोसे केही हप्ता भित्रै रोमाको प्रशिक्षकमा