हराएको रुसी यात्रु वाहक विमानको अवशेष भेटियो

२८ बैशाख २०६९, बिहीबार १८:४६ मा प्रकाशित

इन्डोनेसिया,एजेन्सी, २८ वैशाख । प्रदर्शन उडानका क्रममा इन्डोनेसियामा हराइ रहेको रुसी यात्रु वाहक विमानको अवशेष पहाडी क्षेत्रमा भेटिएको छ । उक्त सुखोइ सुपरजेट १०० को खोजीमा रहेको टोलीले जाकर्ताको दक्षिणमा ज्वालामुखी पहाड माउन्ट सालाक नजिकै ५ हजार ८ सय फिट माथि विमानको अवशेष टुक्राका रुपमा देखा परेको नेसनल सर्च एन्ड रिसर्च एजेन्सीका प्रमुख दारयात्मोले बताए । टुक्रा टुक्रामा रहेको अवशेष विच सुखोइको लोगो देखिएको उनले बताए । विमानमा रहेका यात्रुहरूको स्थितिमा बारेमा भने तत्काल कुनै जानकारी प्राप्त भएन। राहत दल विमानको अवशेष भेटिएको स्थानमा पुगी सकेको छैन। तर सर्च एन्ड रिसर्च एजेन्सीले त्यस तर्फ हेलिकोप्टर पठाएको दारयात्मोले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा

न्यूयोर्क । विश्वमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । संक्रमण उच्च विन्दुमा पुगेर नियन्त्रणमा आएका भारत, बेलायत, अमेरिका

म्युनिख । पश्चिमी यूरोपमा भीषण बाढीका कारण मृत्यु हुनेको संख्या १ सय २५ पुगेको छ ।अविरल वर्षासँगै पश्चिमी यूरोपमा केही