मेडिकल कलेज र फार्मेसीहरु दर्तौ नभइ चलेका छन् : मन्त्री

१ जेष्ठ २०७१, बिहीबार १५:४५ मा प्रकाशित

काठमाडौ, १ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले केही मेडिकल कलेज र फार्मेसीहरु दर्ता समेत नगरी चलाएकोमा आक्रोश व्यक्त गरेका छन् ।

उनले सरकारी नियम र माफदण्ड विपरित सञ्चालनमा रहेका मेडिकल कलेज र फार्मेसीको अनुगमन गरेर कारवाही गर्ने बताए । काठमाडौंमा आज (बिहीबार) आयोजित कार्यक्रममा अधिकारीले अनुगमनको प्रक्रिया सुरु भईसकेको जानकारी दिए । ‘सक्रमणकालको फाईदा उठाईरहेका मेडिकल माफीयाहरुलाई कुनै पनि हालतमा छाड्दैनौ,’ उनले भने ।

सरकारी अस्पतालहरुलाई चुस्त दुरुस्त बनाउनु पर्ने बताएका उनले स्वास्थ्य नीतिमै परिवर्तन गर्न लागेको बताए । उनले भने, ‘सरकारी अस्पतालाई मानवस्रोत र आधुनिक उपकरण सम्पन्न अस्पताल बनाउनु पर्छ । अनिमात्रै स्वास्थ्य क्षेत्रमा सुधार हुन सक्छ ।’

फोहोर पानीको कारण विराटनगर क्षेत्रमा हेपाटाइटिस ‘इ’को महामारी फैलिएको मन्त्री अधिकारीले बताए । उनले अघिल्लो वर्ष रोग फैलिएकै बेला उमालेर मात्रै पानी खाने विषयमा चेतना फैलाउन नसक्दा अहिलेको समस्या आएको उनको भनाई छ । उनले विराटनगरको हेपाटाइटिसको समस्या केही दिनमै नियन्त्रणमा आउने दावी समेत गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य