क्षत्री बाहुनको नेपाल बन्दले देशभरको जनजीवन प्रभावित

२८ बैशाख २०६९, बिहीबार १८:३७ मा प्रकाशित

काठमाडौं, २८ वैशाख । जातियताका आधारमा संघियता जान नहुने माग सहित राष्ट्रिय अखण्डताका लागि जातिय सदभाव सयुक्त संर्घष समितिले आहृवान गरेको नेपाल बन्दका कारण बिहिबार देशभरको जनजीवन प्रभावित भएको छ । बिहीबारको बन्दका कारण अन्यदिनको तुलनामा काठमाण्डूमा सवारी साधन कम चलेका छन् । बन्द सफल बनाउन भन्दै हिडेका केही बन्दकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बन्दमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर राखेर सडकमा सुरक्षाकर्मीको बाक्लो रुपमा तैनाथ गरिएको छ । बन्दले कक्षा १२ को परीक्षा दिइरहेकाहरुलाई मार परेको छ । यस्तै सुदूरपश्चिम, मध्यपश्चिमसहितका देशका विभिन्न भागका नागरिकले दोहोरो बन्दको मार समेत खेप्नु परेको छ । संघियता जातियताका आधारमा हुनु नहुने तर उत्तर दक्षिण जोडिएको संघियताका लागि भन्दै बन्द आहृवान गरिएको विभेद मुक्ती प्रगतिशिल समाजका केन्दिय अध्यक्ष रुपबहादुर परियारले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिनुभयो । जातिय संघ संगठनलाई अन्य जातियमा नभई आदिवासीमा सुचिकृत गर्नु पर्ने, आफुहरुको हक अधिकार हरेक क्षेत्रमा स्थापित गर्नु पर्ने, तोकिएको समयमा संविधान बन्नु पर्नेलगायत माग राख्दै संर्घष समितिले आज र भोलि बन्दको आहृवान गरेको हो । ब्राहृमण समाज, क्षत्री समाज, ठकुरी समाज महासंघ, दशनामी समाज, विभेद मुक्ती प्रगतिशिल समाज, दलित जागरण सेवा संघ, पिछडा वर्ग महासंघलगायत संघसंगठन आवद्ध रहेको समिति बन्द गराएका हुन् । बन्दले गर्दा छोटो तथा लामो दुरीका सवारी साधान सन्चालनमा आउन नसकेकाले यात्रुहरु बीचबाटोमा नै अलपत्र परेका छन् ।
यसै क्रममा काठमाडौं क्षत्री समाजका केन्द्रिय उपाध्यक्ष रामकुमार क्षत्रीले जातीय अधिकारका नाममा मलुकलाई विखण्डन गराई साम्प्रदायीक हिंसा भड्काउन
जातीय आधारमा राज्यको भागबण्डा गर्ने क्रियाकलाप भईहरेको र यसले राष्ट्र र राष्ट्रियता तथा जातीय सददभावमाथी आँच आउने बताएका छन् । क्षत्रीले यसप्रति समयमा नै सचेत हुनु जरुरी छ । तसर्थ, यस किसिमको गम्भिर विषयलाई समयमा नै राज्यको ध्यानाकर्षण नभएकोले आज क्षत्रीहरु दुई दिने नेपाल बन्द गर्न बाध्य भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी

काठमाडौँ । सङ्घीय संसद् सचिवालले यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका सन्दर्भमा बुधबार र बिहीबार कोभिड–१९ को पीसीआर परीक्षण