जगदम्बा डेरीद्धारा दूधको डेढ करोड भुक्तानी गर्न बाँकी

३१ बैशाख २०७१, बुधबार २०:४५ मा प्रकाशित

भक्तपुर, ३१ वैशाख । भक्तपुरको जगदम्बा डेरीले किसानलाई दूधको झन्डै डेढ करोड भुक्तानी दिन बाँकी रहेको छ । सञ्चालकबीच विवाद भएपछि डेरीले किसानलाई दूधको भुक्तानी दिन नसकेको हो ।

भक्तपुर औद्योगिक क्षेत्रमा अवस्थित सो डेरीले जगदम्बा ब्रान्डका दूध उत्पादन गर्दै आइरहेको छ । डेरी सञ्चालकका रुपमा रहेका डा ज्ञानेन्द्र धौभडेल र मृगेन्द्र सैंजु एक आपसमा आर्थिक अनियमितताको आरोप लगाउँदै डेरी जान छोडेका छन् । विगत छ महिनादेखि डेरीले दूधको भुक्तानी दिन सकेको छैन । सञ्चालकको विवाद भक्तपुर प्रहरीसम्म पुगेको छ ।

डेरीले दूध सङ्कलकलाई छ महिनाअघि दुई वटा चेक दिए पनि हालसम्म त्यसको भुक्तानी हुन सकेको छैन । सञ्चालकले दूध सङ्कलकलाई १८ र ५१ लाखका दुई चेक दिएको थियो । चेकको भुक्तानी नपाएपछि दूध सङ्कलक प्रहरीकोमा पुगेका हुन् ।

प्रहरीले हालै सञ्चालकमध्ये धौभडेललाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । प्रहरी स्रोतका अनुसार डेरी नाफामा चलुञ्जेल सञ्चालकले डेरीको पैसा जग्गामा लगानी गरेको देखिन्छ । जग्गामा रकम फसेपछि दूधको भुक्तानी दिन छोडेको देखिन्छ ।

प्रहरीले सबै पक्षबीच छलफल गराई किसानको बक्यौता भुक्तानी गराउने प्रयास गरिरहे पनि सञ्चालकबीच सहमति हुन सकेको छैन । गत पुसदेखि राजेन्द्र सैंजुले डेरी सञ्चालन गरिरहेका छन् ।

राजेन्द्र मृगेन्द्रका दाजु हुन् । प्रहरीका अनुसार धौभडेलले सैंजु दाजुभाइ मिलेर रु दुई करोड ७० लाखमा डेरी खरिद गर्ने ग्राहक हुँदाहुँदै रु डेढ करोडमा बेच्ने कागजमा बलजफ्ती सहिछाप गर्न लगाएको आरोप लगाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित