मधेशी,जनजाति,दलित जनजातिको समीकरण, जातीय राज्यका पक्षमा एकै ठाउँमा मतदान गर्ने

२८ बैशाख २०६९, बिहीबार १८:२९ मा प्रकाशित

काठमाडौं, २८ वैशाख । राज्य पुनर्संरचनागर्दा जातीय राज्यहुनु हुदैन भन्दै देश भर बिरोध र बिभिन्न आन्दोलन चलिरहदा मधेशी,जनजाति,दलित र मुसलमान समूदायका सभासद्हरु भने एकल पहिचान सहितको जातीय राज्यका लागि एकै ठाउँमा मत दिने निर्णय गरेका छन् ।
बिहिबार सिंहदरबारमा बसेको जातीय सभासदहरुको समूह ‘ककस’, दलित, मुस्लिम र मधेसी मोर्चामा आबद्ध सभासदहरुको बैठकले जातीय राज्यका पक्षमा एकै ठाउँमा मतदान गर्ने गर्ने निर्णय गरेको ‘ककस’का संयोजक पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । गुरुङले भने, ‘संविधानसभामा पार्टीको ह्वीप नलाग्ने भएकाले जनजाति सभासदहरु एक भएर जाने निर्णय गरेका छौं ।’
बैठकले जातीय आधारमा राज्य पुनर्संरचनाको पक्षमा मतदान गर्ने निर्णय गरेको गुरुङले बताए ।
बैठक संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, जनजाति सभासदहरुको समूह (ककस), दलित, मुसलमान तथा स्वतन्त्र सभासद सहितका सभासदको सभागिता रहेको थियो ।
उनीहरुले एकल पहिचानमा आधारित राज्यको पुनर्संरचनाका पक्षमा मतदान गर्ने निर्णय गर्नुका साथै राज्यको पुनर्संरचना तथा शक्ति बाँडफाँट समितिले तयार पारेको १४ प्रदेशको अवधारणा एवं राज्य पुनर्संरचना आयोगको बहुमतले तयार पारेको ११ प्रदेशको प्रतिवेदनलाई आधार बनाउने निर्णय पनि गरेका छन् ।
उनीहरुले एकल पहिचान सहितको संघीय राज्य पुनर्संरचनाका लागि राजनीतिक दल र संवैधानिक समितिमा संयुक्त रुपमा लविङ गर्ने निर्णय गरेको संयोगक गुरुङले बताए ।
बैठकले नवलपरासी, कैलाली र कञ्चनपुरमा आन्दोलनका क्रममा भएका कार्यको बिरोध गर्दै साम्प्रदायिकता बनाई राख्न आह्वान गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ । पछिल्लो समय विद्युत आपुर्तिमा

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

काठमाडौँ । पछिल्लो समय राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गर्न आउने बिरामी बढेका छन् । दुई महिनाअघि यस अस्पतालको बहिरङ्ग सेवामा