संविधानका विवादित विषयहरूको प्रश्नावली बनाउन कार्यदल बनाउने निर्णय

२८ बैशाख २०६९, बिहीबार १८:२२ मा प्रकाशित

काठमाडौं, २८ वैशाख । संवैधानिक समितिले मतदान प्रक्रियामा जानु अघि संविधानका विवादित विषयहरूको प्रश्नावली बनाउन कार्यदल बनाउने निर्णय गरेको छ । कार्यदलमा रहने सदस्य सभपाति नीलाम्वर आचार्यले तोक्ने छन् ।
समितिको आजै दोस्रो पटक सिंहदरबारमा बसेको बैठकले कार्यदलले आन्तरिक गृहकार्य गरेर नयाँ संविधानका विवादित विषयमा प्रश्नावली तयार पारेर शुक्रबार बस्ने संवैधानिक समितिमा पेश गर्ने समितिले जनाएको छ ।
बिहिबार बिहानै बसेको समितिको बैठकमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले मतदानको प्रक्रियामा कसरी जाने भन्ने बारे छलफल भएको जानकारी दिएका थिए । दाहालले सचिवालयले प्रश्नावली तयार पार्ने र समितिका सदस्यहरूलाई वितरण गर्ने बताए ।
समितिमा १ सय १७ वटा विषयमा विवाद रहेको प्रतिवेदन प्रस्तुत भएकामा कतिपय विषयममा सहमति भइसके पनि समिति सदस्यलाई औपचारिक रूपमा जानकारी छैन । अर्को बैठक शुक्रबार ११ बजे बस्ने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा निलम्बित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा उपस्थित भएका छन् । कर फर्छ्यौट आयोगका सदस्य सचिव

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली समय अनुसार आज मध्यरातमा राष्ट्रसंघीय महासभामा सम्बोधन गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका