आफन्तलाई थाहा छैन किमको बिहे

३१ बैशाख २०७१, बुधबार १४:२५ मा प्रकाशित

लस एन्जलस । प्राय मानिस आफ्नो बिबाहको योजना बनाउने जिम्मा परिवारजनलाई दिन्छन् । तर रियालटी टिभीहस्तीले किमले भने आफ्नो बिवाहको योजना आफै बनाउन थालेकी छन् ।

किमकी आमा क्रिस जेनरले आफ्नी छोरी किम आफैले बिवाहको योजना बनाइ रहेको सार्वजनिक गरेकी हुन् । किमले -यापर कान्ये बेष्टसँग बिबाह गर्न लागेकी हुन् ।

‘अहिले म छोरीको जिन्दगीबाट अलि टाढा रहेकी छु,’ जेनरले भनिन्, ‘किन भने किम आफै सबै कुरामा अगाडि बढोस् भन्ने म चाहन्छु ।’ आफूले किमको बिवाहको पहिरन समेत किन्ने जिम्मा उनैलाई दिएको जेनरले खुलाइन् ।

पुरै जिम्मा पाए पछि किमले हुनेवाला श्रीमान् केन्याका साथमा मिलेर बिवाहको तयारीमा लागेकी छन् । तयारीका विषयमा दुबैको अभिभावक अनभिज्ञनै छन् । जेनरले किमको बिवाह समारोहमै मात्र उनको पहिरन हेर्ने बताइन् । भनिन्, ‘म अहिले निकै खुसी छु, किनभने आफ्नो सम्पूर्ण जिम्मा आफैले लिएर किमले मलाई हलुँगो पारेकी छन् ।’ एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सम्राट न्यौपानेको ‘चालिसे’मा गीत सार्वजनिक भएको छ । अनन्त कश्यप घिमिरेको शब्द र सम्राट न्यौपानेको आवाजमा रहेको गीतको

काठमाडौँ । गायक तिलक बस्नेतको शब्द संगीतमा रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘टिकटक क्विन सुपरम्यान’ सार्वजनिक भएको छ। डान्सिङ शैलीको

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तले दोस्रो विवाह गरेकी छिन् । चार वर्ष लामो प्रेम सम्बन्धलाई उनले बुधबार विवाहमा परिणत

काठमाडौं । दुई वर्ष अघि निर्माण तथा प्रदर्शन भएको चलचित्र प्रसादले व्यावसायिक सफलता हाँसिल गरेपछि अब यसको सिक्वेलका रूपमा चलचित्र