राष्ट्रपतिले प्रधानमन्त्रीलाई सोधे सहमतिको सरकार गठनमा किन ढिलाई

२७ बैशाख २०६९, बुधबार २२:१० मा प्रकाशित

काठमाडौं, २७ वैशाख । राष्ट्रपति रामवरण यादवले पाँच बुँदे सहमतिमा उल्लेखित दुई दिनभित्र सहमतिको सरकार गठन गर्ने भनिय पनि अझै सहमतिको सरकारले पूर्णता नपाउनुको कारण के हो भन्दै बुधबारको भेटमा प्रधानमन्त्रीसँग जिज्ञासा राखेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार भएको भेटमा राष्ट्रपति यादवले प्रधानमन्त्री बाबुराम भट्टराईसँग सहमतिको सरकारले पूर्णता नपाउनुको कारणबारे चासो राखेका हुन् । राष्ट्रपतिको  जिज्ञाशामा प्रधानमन्त्रीले एमालेका कारण सहमतिको सरकारले पूर्णता पाउन नसकेको बताउनु भएको थियो ।

प्रधानमन्त्रीसंगको भेटमा राष्ट्रपतिले संविधानसभाको म्याद सकिन १९ दिनमात्र बाँकी रहँदा पनि दलहरुबीच सहमति नभएकोप्रति चासो राख्नु भएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले संचारकर्मीलाई जानकारी दिए ।

उक्त भेटमा राष्ट्रपतिले सेनामा रथी थप्ने सरकारी तयारीप्रति पनि चासो लिएका थिए । उनले राजनीतिक सहमति विथोलिने गरी सेनाको पुनर्संरचनाको नाउँमा सेनामा अनाबश्यक हस्तक्षेप नगर्न प्रधानमन्त्रीलाइ आग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

काठमाडौं । सरकारले विभिन्न देशबाट कोरोनाविरुद्धको खोप आयातलाई तिब्रता दिएको छ । तर सरकारले खोप अभियानलाई व्यवस्थित गर्न नसक्दा नागरिक

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री