राजेश र मिथिलाले झ्याइँ पार्ने

३१ बैशाख २०७१, बुधबार ०४:५६ मा प्रकाशित

कहावत सही नै रहेछ कि विवाहले जातपात र उमेर भन्दो रहेनछ। यो उमेरमा विवाह गर्नुपर्छ या यो उमेरमा गर्नुहुन्न भन्ने कुरा कतै लिखित रूपमा लेखिएको पनि त छैन नि।
प्रसङ्ग कलाकारद्वय मिथिला शर्मा र राजेश हमालको हो। यी दुईलाई विवाह गर्न न त समयले छेकेको थियो न त धन–दौलतले नै। अन्ततः उमेरले पचास काटेका अभिनेता राजेश हमाल र मिथिला शर्मालाई कुन्नि के कुराले पे्ररित गर्योे, उनीहरू यो उमेरमा आएर आफ्नो विवाहको बारेमा खुलमखुल्ला यथार्थ बताउन थालेका छन्। मिथिला शर्माले पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहरासँग विवाह गर्न लागेको कुरा यतिबेला मिडियामा छाइरहेको छ भने अभिनेता राजेश हमालले असारभित्रै आफ्नी पे्रमिका मधुसँग विवाह गर्ने निश्चित भइसकेको छ। हमालले त जीवनको एउटा मोडमा आइपुग्दा जीवनसाथीको आवश्यकता महसुस हुँदोरहेछ भनेर प्रतिक्रियासमेत दिइसकेका छन्। यता मिथिला शर्माले भने मन र विचार मिलेपछि आफू विवाह गर्न तयार भएको कुरा बताएकी छिन्। पचास वर्षको उमेर काटेपछि यी दुईमा विवाहप्रति देखिएको चाहना वा कुतूहल विवाह गर्दै नगर्ने भनेर अड्डी लिने अरूहरूलाई पनि हौसला या पे्ररणा सावित हुन सक्छ कि? जय होस् मिथिला दिदी र राजेश दाइको।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । दुई वर्ष अघि निर्माण तथा प्रदर्शन भएको चलचित्र प्रसादले व्यावसायिक सफलता हाँसिल गरेपछि अब यसको सिक्वेलका रूपमा चलचित्र

काठमाडौं । युवा गायक प्रविन राजथलाले आफ्नो नयाँ म्युजिक भिडियो ‘कान्छीको सम्झनामा’ सार्वजनिक गरेका छन् । अमेरिकामा बसेर आफ्नो संगीत

मुम्बाइ । बलिवुड अभिनेत्री करीना कपूर दोस्रो पटक आमा बनेकी छन् ।करीनाले आइतबार विहान छोरालाई जन्म दिएकी हुन् । भारतीय

काठमाडौं । नेपाली संगीत क्षेत्रमा गायिका इन्दिरा जोशी निकै चर्चित छिन् । आफ्नो सुन्दरताका साथै सुमधुर स्वरका कारण पनि इन्दिराको